दफा ३५
मालक्स्तु तथा व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्ने
कुनै व्यक्तिले दफा ३ बमोजिम तोकिएको बाटोबाट नलगी वा चोरी, छली मालवस्तु निकासी वा पैठारी गरेको वा गर्न लागेको भन्सार कार्यालयको कर्मचारीले वा महानिर्देशकले खटाएको कुनै अधिकारीले फेला पारेमा निजले त्यस्तो मालवस्तु र सो मालवस्तु लिई जाने व्यक्ति तथा सवारी साधन पक्राउ गरी भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ । त्यसरी पेश हुन आएको मालवस्तु, व्यक्ति र सवारी साधन उपर भन्सार अधिकृतले चोरी निकासी वा चोरी पैठारीको कसूरमा कारबाही चलाउनेछ ।